स्वक्रिया र धर्म

December 20, 2013 in Miscellaneous

 

हरेक मानिसले काम गरीरहेको हुन्छ । वेरोजगार मानिसले पनि काम गरीरहेको हुन्छ । झन वढि तनावका साथ, झन धेरै काम गरीरहेको हुन्छ । काम नगरी निष्कृय मानिस वस्न सक्दैन । मानिस मात्र होईन, कुनै पनि वस्तु प्राणी आफ्नो काम,आफ्नो धर्म निर्वाह नगरी वस्न सक्दैन । उसले आफ्नो समाजमा नकारात्मक नै काम गरेको रहेछ भने पनि त्यही गर्नु उसको नियती रहेछ भनेर वुझ्न सकिन्छ । उसको जिम्मेवारी, धर्म यही नै हो भनेर वुझ्नु पर्ने हुन्छ । जस्तो शौर्य मण्डलमा अरु सवै ग्रह एक दिशामा घुम्छन भने शनी ग्रह उल्टो दिशामा घुमेको हुन्छ । उसले पनि त काम गरीरहेको हो भनेर मान्नुपर्ने हुन्छ नि । वरु उसको नियती जिम्मेवारी त्यही हो भनेर वुझ्नु पर्ने होला ।
एउटा ढुङ्गाले पनि काम गरीरहेको मान्न सकिन्छ । किनभने उसभित्रका अणु परमाणु त चलायमान नै हुन्छन । उसले गुरुत्वाकर्षणको काम गरीरहेको हुन्छ । नजिकका वस्तुसंग उसको प्रभाव र अन्तक्रिया आफ्नो स्तरमा कायम हुन्छ ।