मौसम परिवर्तन, सितलहर र जनजीवनमा असर

December 26, 2013 in Miscellaneous

 

पौष २, २०७० आफ्नो फेसवुक स्टाटसमा भिम उपाध्याय, जो त्यसवेला सरकारी निमन्त्रणामा दिल्ली भ्रमणमा हुनुहुन्थ्यो, आफ्नो फेसवुक स्टाटसमा लेख्नुभयो, “ दिल्लीमे कोहरे से वाहर जाने वाली ३८ घरेलु फ्लाईट लेट । ७३ ट्रेने ३ घण्टे से ज्यादा लेट । “
हाम्रो जनजीवनलाई मौसम परिवर्तनले कति किसिमले असर गरीरहेको हुन्छ, हामी त्यो ठिक ठिक अनुमान लगाउन सक्दैनौ । कैयौ असरहरु त चर्चामा ल्याउन वांकी नै छन । यति वेला नेपालको तराई क्षेत्र र भारतीय उपमहादिपको उत्तरी भाग, गंगाको मैदान वढि प्रभावित हुने गरेको विषय शितलहर हो ।
वन विनास, वातावरणको चौतर्फी विनास, कृषि भूमीमा उर्वराशक्तिको ह्रास, सतही माटोको विनास, जलचक्रमा निरन्तर गिरावट, भूमीगत जलस्रोतको वढि दोहन, जमिनको उत्खनन, विशाल उपकरणवाट भूमी स्रोतको दोहन, सडक विकास निर्माण, वस्ती निर्माण, कृषिमा राशायनिक एवं किटनासकहरुको प्रयोगवाट वातावरण र पारिस्थितिकी प्रणालीमाथी हस्तक्षेप आदीकारणले मानव प्रयोगमा रहेको कुनै जमिन वातावरण परिवर्तनको चापमा छ । यस्तो जमिनमा सुर्यवाट प्राप्त ताप छिटै संवाहन वा रेडिएसन भएर हराउन सक्छ । यस्तो जमिन छिटै अत्यधिक चिसो समेत हुने भएकोले रातको समयमा नजिकको हावालाई वढि ठण्डा तुल्याउछ ।
कृषि भूमी मात्र होईन, आज प्राकृतिक अवस्थामा रहेको वनजंगल, खोला क्षेत्रहरु, झाडी वुट्यान क्षेत्रहरु पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विनासको मारमा छन । स्रोतहरुको दोहन जताततै वढीरहेको छ । वन आगलागी, भू–क्षय, पशुचरन, वन अतिक्रमण, ढुङ्गा गिट्टीहरुको उत्खनन, वनवाट दाउरा, काठ, स्याउला, पत्कार, घासपातको निष्कासन आदी कारणले प्राकृतिक भूमीसमेत वातावरणीय र पारिस्थितिकी सन्तुलनको मामलामा कमजोर वन्दै गएका छन । यस्तो स्थितिमा समग्र विनासको गती तिव्रतर हुनुलाई अस्वाभाविक मान्न सकिदैन ।
जमिनको सतह वढ्ता ठण्डा भए पछि सतह संग जोडिएको हावा ठण्डा हुन्छ । ठण्डा हावा माथि जान सक्दैन । यो जमिनको सतहमै रहन्छ र सतहवाट भिरालो भागतिर वहने क्रम शुरु गर्छ । यस्तो ठण्डा हावामा भएको पानीको मात्र द्रवीभूत भई कुहिरोमा वदलिएको हुन्छ । जसले सुर्यको प्रकासलाई छेक्ने हुदा दिनको छोटो अवधीमा जमिन सम्म तताउन सक्दैन । यसैले सतहको हावा सतहमै कैयौ दिन सम्म ढुंडीएर वस्ने स्थितिलाई सितलहर भनिन्छ ।
सितलहरमा तिव्वतवाट वगेर आउने चिसो हावाको ठुलो योगदान छ । तिव्वत ४००० मि. भन्दा अग्लो उचाईमा उत्तरमा समेत रहेको स्थितिमा त्यहांवाट वगेर आउने हावा स्वाभावत चिसो हुन्छ । त्यही हावा मौसमी प्रभावले सतहसंगै वगेर गंगाको मैदानसम्म आएपछि सितलहरको रुप लिने हो । हिमालयको वेशीहरु, तराईको फुटहिलहरुमा प्रसस्त वन जंगल भएको स्थितिमा र तराईमा पनि प्रसस्त वनजंगल रहेको स्थितिमा सितलहरको स्थिति कडा रुपमा नहुन सक्थ्यो । तर उक्त चारकोशे वन समेत मासिएको स्थितिले हिउदको तापक्रमलाई जोगाई राख्ने प्रणाली कमजोर पर्न जादा तराईमा सितलहरको प्रभाव वढ्न गएको हो भन्ने यस पंतिकारको अवधारणा रहेको छ ।
शितलहर, यससंग जोडिएको कुहिरोले यातायातलाई मात्र अवरुद्ध गर्ने होईन । यसले सारा कृषि प्रणाली र प्राकृतिक पारिस्थितिकी प्रणालीलाई नराम्रो असर गर्न सक्छ । विस्तारै विस्तारै वढ्दै गैरहेको यो असरलाई हामीले सही आकलन गर्न समेत गाह्रो पर्दछ ।
शितलहरले ल्याउने ठण्डाले मानिसलाई र पशुपंक्षीलाई समेत प्रत्यक्ष मृत्युको मुखमा पुर्याउने गर्दछ भने अप्रत्यक्ष असरको कुरा गर्दा समेत यसको असर धेरै पक्षमा पर्ने गर्दछ । यसवेला खर्च हुने दाउरा र ईन्धनको अर्कै कथा होला । इन्धनको वढि खपतले वातावरण प्रदुषण झन निम्त्याउछ ।
सितलहरकै समयमा यातायातमा ढिलाई हुने, ट्राफिक जाम हुने, दुर्घटना समेत वढ्ने गरेको पाईएको छ । कपडामा गर्नुपर्ने खर्चमा वृद्धि हुन्छ, नुहाई धुवाई, सरसफाईमा राम्रो ध्यान पुग्न सक्दैन । जनजीवन कष्टकर वनेको हुन्छ ।
कैयौ हिउदे तरकारी वालीहरु र अन्य वालीहरु यसको कारणले असफल भएका हुन्छन । अथवा तिनीहरुको उत्पादनमा र गुणस्तरमा ह्रास आएको हुन्छन । महिनौ सम्म घाम नपर्दा प्रकाश संस्लेषण क्रियामा कमी भई विरुवाको खाना वनाउने प्रकृयामा कमी, वा रोग किराको प्रकोपले असर परेको हुन्छ । किसानहरु असफल हुनुभनेको किसानको मात्र समस्या होईन, देशको, सरकारको असफलताको कारण वन्न सक्छ ।
आज हामी मध्ये कति मौसम परिवर्तनलाई सामान्य रुपमा लिने पनि हौला । तर मौसम परिवर्तनले सामान्य मात्र होईन, ठुला ठुला विपत्ति पनि निम्त्याउन सक्छ भन्ने कुरालाई हामीले गम्भीरतापूर्वक नै वुझ्नुपर्ने हुन्छ । साना साना गर्दै समस्या चुलिने स्थिति मौसम परिवर्तनले ल्याउन सक्छ । मौसम परिवर्तनको भयानक रुप, असन्तुलनको रुप एकै पटक देखानपर्ला भन्न पनि सकिदैन । मौसम पृथ्वीवाशीको लागि महत्वपुर्ण स्रोत भएकोले यसलाई जोगाउन ध्यान दिनु हाम्रो जिम्मेवारी हो ।
यसलाई हामीले मौसमी हिउद भनेर नाम दिने पर्ने हुन्छ । सव-हिमालय क्षेत्रमा भैरहेको वन विनास, भू–उपयोगमा परिवर्तन, वढ्दो औधोगिक गतिविधी, यातायातको तिव्र विकास, शहरीकरण आदी जस्ता गतिविधीले समेत यसमा सघाईरहेका छन । मौसम परिवर्तनलाई कतिपय वुजु्रक, उपवुजु्रकहरुले अस्विकार गरीरहेको अवस्थामा यसका असरहरु भने एक पछि अर्को गर्दै मानव, प्राणी र वनस्पतिको जीवनमा असर पुर्याउदै जाने गरेको स्पष्ट नै देखिन्छ ।
मौसम परिवर्तनले ल्याउने कैयौ किसिमका असरहरु हुन्छन भन्ने कुरा त हामीलाई जानकारी भईसकेको हुनुपर्छ । त्यस मध्ये उत्तर भारत, नेपालको तराई मधेश क्षेत्र,वंगलादेश लगायत गंगााको मैदान, सिन्धुको मैदान, आदी क्षेत्रहरुमा देखिने कुईरो सितलहरको असर निकै हानीकारक हुन सक्छ । किनभने यो सघन कृषि र सघन जनसंख्या वसोवास गर्ने क्षेत्र पनि हो । यो क्षेत्रमा कृषिको असफलता देखिनु भनेको मानिसको ठुलो जनसंख्यालाई असर गर्नु हो । साथै यहांको पारिस्थितिकी प्रणाली संवेदनशिलताको खतरामा पर्नु नोक्सानदायक छ ।
पहिला पहिला वढिमा हप्ताभर रहने शितलहर अव महिनौ लम्विनु सामान्य हुदै गएको भन्ने अनुभवीहरुको भनाई रहेको छ । यो मौसम परिवर्तनकै असर हो भन्ने कुरामा अधिकांश विशेषज्ञ सहमत हुदै गएको स्थितिले पनि मौसम परिवर्तनको विषयलाई अझ व्यपक अर्थमा वुझ्नुपर्ने खाचो तर्फ विशेषज्ञ र सर्वसाधारण सचेत हुदै गएको स्थिति देखिन्छ ।
अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, तापक्रम वृद्धि, मौसमी उच्चतामा वृद्धि, हावाहुरी, आंधी आदी जस्ता समस्याहरु वातावरण विनास र मौसम परिवर्तनसंग नै सम्वन्धीत समस्याहरु हुन । हावापानीको सन्तुलनमा संकट वढ्दै गएको छ । संकट वढाउनेमा हामीले नै भूमीका खेलीरहेका छौ । अव भने यस समस्यालाई कम गर्ने दिशामा हाम्रो प्रयास अग्रसर हुनुपर्छ भन्ने कुरामा सवैको मतैक्यता र समर्थन रहन्छ भन्ने कुरामा आशावादी हुनु पर्ने नै देखिन्छ ।